स्कटल्याण्डमा लुके अनमोल, जीया छाइन्
अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकी फिल्म ‘कृ’मा समावेश गरिएको ‘मैले जानी नजानी’ बोलको गीतको छायांकनका क्रममा अहिले बेलायतमा छन् । बेलायत पुगेपछि अनमोल र अदितीको एउटा मात्र तस्बिर फिल्म निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्टको पेजबाट पोष्ट भएको छ । नत्र, सबै तस्बिरमा अनमोललाई लुकाइएको छ । तर, अनमोल लुकेपनि उनीसँगै गएकी अभिनेता भूवन केसीकी प्रेमिका अभिनेत्री जीया केसी भने सामाजिक संजालमा हाबी छिन् ।

जीयाले भने दैनिक बेलायतका तस्बिर पोष्ट गरेकी छिन् । भूवनले पनि जीया, अदिती र आफ्नो तस्बिर पोष्ट गर्दा अनमोललाई लुकाएका छन् । माघ २६ गतेबाट रिलिज हुने फिल्मको प्रदर्शन मिति नजिकिदै जाँदा यसको सम्पूर्ण यूनिट भने बेलायतमा गीत छायांकन गरिरहेको छ ।
For More videos Log on to Mazzako TV








