छवि र शिल्पाको बिहे भैसक्यो कि हुने हो ?

निर्माता छविराज ओझा फिल्म प्रचारका लागि अभिनेत्री शिल्पा पोखरेल र निर्देशक नवल नेपाललाई लिएर मोफसल दौडमा छन् । नेपालगञ्ज र सुर्खेतमा फिल्मको पत्रकार सम्मेलन सकिएको छ । सो कार्यक्रममा छविलाई फिल्मको मात्र नभएर शिल्पासँगको बिहेको जवाफ पनि दिनुपर्यो । सो क्रममा छविले शिल्पा र आफ्नो बिहे ‘मंगलम’ रिलिजपछि हुने बताए । छविका अनुसार, उनले शिल्पाको परिवारमा कुरा पनि गरिसकेकी छिन् । शिल्पाले पनि वैशाखसम्म बिहे हुने बताइन् ।

छवि र शिल्पाको बिहे भैसकेको चर्चा पनि फिल्म नगरिमा नउठेको होइन । उनीहरुले गएको बर्षको दशैमा नै बिहे गरेको गाइगुई हल्ला चलेको लामै समय भैसकेको छ । फागूण २५ गतेबाट फिल्म ‘मंगलम’ रिलिज हुँदैछ ।
यो पनि हेर्नुहोस् :
शिल्पा कस्को…छविको ? होईन, यहाँ कुरो अर्कै छ (हेर्नुस्, यस्तो तानातान)
For More videos Log on to Mazzako TV








