आउँदो शुक्रवार अर्थात माघ १९ गतेबाट रिलिज हुने ‘शेरबहादुर’ प्रमाण पत्र पाएको छ । आइतबार ‘शेरबहादुर’ लाई केन्द्रीय फिल्म जाँच पास समितिले अभिभावकको साथमा बालबालिकाले हेर्न पाउने गरी पाजी प्रमाण पत्र दिएको हो । फिल्मको केही सिनमा रगत देखिएकाले पाजी सर्टिफिकेट दिएकोे निर्माता गौरी शङ्कर धुजुले बताए । हलिउड फिल्मबाट प्रभावित ‘सेरबहादुर’ हलिउडको भन्दापनि राम्रो बनेको फिल्मका एशोसियट निर्देशक प्रदिप भट्टराईले बताए ।

फिल्ममा अभिनेता सुनिल थापा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । थापाले यस फिल्मका लागि बलिउड फिल्म पनि छाडेको बताएका छन् । फिल्ममा सुनिल थापासंगै कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन् ।

 

For More videos Log on to Mazzako TV