साम्तेन भुटियाले लेखन एवं निर्देशन रहेको फिल्म ‘साढे ७’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । गायक सत्यराज अचार्य फोटो पत्रकार रुपमा प्रस्तुत भएको फिल्मको दोश्रो ट्रेलर हाले सार्वजनिक गरिएको हो । थ्रिलर ड्रामा फिल्मले नेपालको राजनीतिक तराई आन्दोलनमा एउटा फोटो पत्रकारको दुख पिडालाई बोल्छ । फिल्ममा सत्यराज आचार्य प्रमुख भूमिकामा छन् ।

फिल्ममा सत्यराजसंगै सुनिल थापा, मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल मुख्य भूमिकामा छन् । फागुन ११ गतेबाट रिलिज हुने फिल्मका सुनिल थापा, सत्य(स्वरूपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया निर्माताहरु हुन् ।

For More videos Log on to Mazzako TV