‘एउटा यस्तो प्रेम कहानी’ मा प्रियंका पनि
फागूणबाट छायांकनमा जान लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा अभिनेत्री प्रियंका कार्कीले पनि काम गर्ने भएकी छिन् । फिल्मकी निर्मात्री मध्ये एक यशोधा राइले प्रियंकालाई फिल्ममा अनुवन्धित गरेकी छिन् । फिल्ममा प्रियंकासँगै दीलिप रायमाझी र किरण केसी पनि अनुवन्धित भएका छन् । अभिनेत्री बर्षा राउत, अभिनेता संजोग कोइराला, कलाकार नरेन खड्का फिल्ममा अनुवन्धित भैसकेका छन् ।

अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा यो फिल्म बन्दैछ । फिल्मलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् । यशोधा राई र दिनेश दर्शनधारी यो फिल्मका निर्माता हुन् । फिल्मको लगानी डेढ करोड बढी हुने निर्माण टोली बताउँछ । फिल्ममा बसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहने पनि पक्का छ ।
For More videos Log on to Mazzako TV








