‘पटुकी’ ले मज्जाको मनोरञ्जन दिन्छ–रजनी
अभिनेत्री रजनी केसी अभिनित यहि माघ १९ गते रिलिज हुने फिल्म ‘पटुकी’ नाम जस्तै गाउँको टिपिकल कथामा निर्माण भएको बताइएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको युनिटले जानकारी गराएको हो । अभिनेत्री रजनी भन्छिन् ‘पटुकी’ मा मेरो भूमिका सोचेको जस्तो भएकाले नै काम गरेकी हुँ । फिल्म राम्रो बनेकाले दर्शकको साथ मिल्ने छ । ‘पटुकी’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिनेमा विश्वस्त छु ।’

फिल्म नारीप्रधान समेत भएको निर्माता एवं कलाकार म्याक्टेन कालुले बताए । उनि थप्छन् ‘दर्शकले हाँसोसँगै सामाजिक सन्देश पनि पाउनुहुनेछ ।’ फिल्मको कथावस्तुबाट आफू प्रभावित भएकोले फिल्ममा काम गर्न तयार भएको नव–नायक जेम्स विसी बताउँछन् । उनले भने ‘एक्सन, रोमान्स, विछोड, रोदन जस्ता सबै कुरा ‘पटुकी’ मा छ ।’

राम नेपाल नेपाल निर्देशित फिल्ममा रजनी, जेम्ससंगै निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय छ । म्याक्टेन कालुको निर्माणरहेको फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । ‘पटुकी’ मा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क.को करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ ।
For More videos Log on to Mazzako TV








