चैत्र ९ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँन लागेको फिल्म ‘शत्रु गते’ को डबिङ भईरहेको छ । मल्टिमेट प्रोडक्सनमा फिल्मका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार डबिङ सकेएका हुन् । मदनकृष्णसंगै किरण केसीले पनि आफ्नो केहि सिनको डबिङ सकेएका छन् ।


यस अघि नै पल शाहले आफ्नो ७० प्रतिशत डबिङ सकिसकेका छन् । तस्तै दीपाश्री निरौलाले पनि आफ्नो डबिङ सकिन् । आँचल शर्मा , प्रियंका कार्की, शिव हरि पौडेल र दीपकराज गिरीले क्रमस आफ्नो डबिङ सकाउनेछन् । पहिलो सार्वजनिक गीत ‘रुपै मोहनी’ मार्फत हाइप क्रिएट गरिरहेको फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् ।

रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसंगै पल शाह र आँचल शर्माको जोडीलाइ पनि दर्शकले देख्न पाउनेछन् । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो ।

   

For More videos Log on to Mazzako TV