लामो समयदेखि चर्किएको बक्स अफिसको मुद्दा सुल्झिने भएको छ । चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको संयोजकत्वमा बनेको कार्यसमितीले श्रावण १ गतेदेखि बक्स अफिस लागू गर्ने निर्णय गरेको छ । यसका लागि, वैशाख १ गतेबाट परिक्षण गरिनेछ । चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको वैठकले आज प्राविधिकहरुसँगको छलफलपछि यो निर्णय गरेको हो ।

वि.सं २०७५ सालबाट बक्स अफिस लागू हुनेछ । काठमाण्डौ बाहिरका हलमा भने माघ १ गतेबाट बक्स अफिस लागू गरिने जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । यस्तै, यो कार्यसमितीले बक्स अफिस जडान गर्ने कम्पनि ‘व्रेन डिजिट इट सोलुशन’लाई काम थाल्न पनि निर्देशन िदएको छ । यो कार्यसमितीको सदस्यहरुमा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराइ छन् ।

For More videos Log on to Mazzako TV