फिल्म ‘रानीमहल’ प्रेम कथा हो, रोमान्स गर्ने वर्षासंग को ?
फिल्म ‘रानीमहल’ को निर्माण घोषणा भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । हिमाल न्यौपाने निर्देशित फिल्ममा वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, नीर शाह, बिएस राना, केशव भट्टराई, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल लगायतको अभिनय रहनेछ । फिल्मका निर्माता बिमल भुसाल हुन् । स्वस्तिक फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको माघको तेस्रो साताबाट छायांकन सुरु हुँदैछ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म डेढ करोड लगानीमा निर्माण हुने बताइएको छ । फिल्मकोे छायाङ्कन बुटवल, भैरहवा, चितवन, स्यांजा, पाल्पा र काठमाण्डौंमा हुने निर्माण पक्षले जनाएको छ । दीपक पौडेलको छायाङ्कन, अर्जुन पोखरेल र हर्कुलस बस्नेतको कथा सङ्गीत रहेको फिल्ममा हिमाल केसीको द्धन्द्ध निर्देशन रहनेछ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् ।









