वितरक र निर्माताले फिल्मको गलत रिपोर्ट दिएको पुष्टी
कुनै पनि फिल्म हेर्न हलमा दर्शक आउन् या नआउन्, तर मिडियामा भने त्यो फिल्म हिट भएकै हुन्छ । २ दिनमै करोड क्लबमा फिल्म पुग्नु कुनै नौलो कुरा नै भएन । तर, निर्माता र वितरकले फिल्मको व्यापारिक रिपोर्ट गलत दिएको खुलेको छ । चलचित्र हलहरुको छाता संगठन चलचित्र संघले फिल्मको व्यापार मिडियामा आएको भन्दा निकै कम भएको भन्दै यस्तो झुटा रिपोर्ट मिडियामा नदिन वितरक सदस्यहरुलाई अनुरोध गरेको छ ।

संघले झुटा रिपोर्ट आउँदा त्यसको प्रत्यक्ष असर नेपाली फिल्मलाई नै परेको पनि बताएको छ । चलचित्र संघले आफ्नो ४५ औं साधारण सभा बुटवलमा गर्ने निर्णय पनि आजको वैठकमा गरेको छ । यसका लागि कार्यसमिती सदस्य कपिल द्धाको संयोजकत्वमा ७ सदस्यिय साधारण सभा तयारी समिती पनि गठन गरिएको छ ।
For More videos Log on to Mazzako TV








