‘पञ्चेबाजा’ को प्रचार भिडियो सामाग्री, अर्थात ट्रेलर हेर्दा मज्जा लाग्छ । अभिनेता सौगात मल्ल र कर्मा नायिका जस्मिन श्रेष्ठको खिचातानीमा देखिन्छन् भने, सौगात र कर्माका हितेसी साथी बुद्धी तामाङ आफ्नै श्रीमतीसंग मस्त छन् । घनश्याम लामिछाने निर्देशित फिल्म ‘पञ्चेबाजा’ को ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरियो । फागुन ११ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पञ्चेबाजा’ मा सौगात, कर्म, जस्मिनसंगै बुद्धि र सृजना सुब्बाको मुख्य भूमिका छ ।

प्रदीप भारद्वाजको लेखन रहेको ‘पञ्चेबाजा’ मा कालिप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत छ । सारा गुरुगं सह निर्माता तथा राजेश शाही फिल्मका निर्माता हुन् । हरी घले लामाको छायाँकन रहेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV