‘फेरि फेरि’ मा अर्पण र ऋचा
फिल्मको नाम जस्तै अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्मा फेरि फेरि एकसाथ काम गरिरहेका छन् । उनीहरुले फिल्म ‘आधा लभ, चक्कर, सुनकेशरी, फिर्के’ जस्ता फिल्ममा काम गरिसकेका छन् । फिल्म बजारमा यी दुइविच प्रेम रहेको चर्चा चलेपनि उनीहरु यो कुरा भने स्विकार गर्दैनन् । ऋचा र अर्पणले काम गर्ने नयाँ फिल्म ‘फेरि फेरि’को आज शुभसाइत गरिएको छ ।

पुरन थापाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई निरज थापाले निर्माण गर्दैछन् । निर्देशक थापाले यो फिल्मलाई नारीप्रधान भनेका छन् । माता बसुन्धरता प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा लय संग्रौला, ओम प्रतिक, पूरन थापा, धु्रव कोइराला, धमेन्द्र आचार्य लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । सुरेश बज्रचार्यको छायांकन, एनबी महर्जनको द्धन्द्ध, रामजी लामिछाने र सुरन बसेलको नृत्य, विकास चौधरी र पुरन थापाको संगीत, विपिन मल्लको फिल्ममा सम्पादन रहनेछ ।

For More videos Log on to Mazzako TV








