फिल्म पसिनाको फस्टलुक रिलिज भएको छ । आर वीके शरदको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा फिल्मका मुख्य कलाकार गौरव पहारि र अनु शाहलाई देखाइएको छ । फिल्मको नेपाल प्रदर्शन मिति तोकिएको छैन । फिल्मको फस्टलुक रिलिजसँगै ननस्टप क्रियशनको ब्यानरमा नयाँ फिल्म निर्माणको घोषणा पनि गरिएको छ । आर बीकेले नयाँ फिल्म ‘डमरु र जुनकिरी’ बनाउने बताएका छन् ।

फिल्म पसिनाले महिलाहरुको पसिनाको शोषण भैरहेको कथालाई उठाएको खत्रीले बताए । यो फिल्म पहिला देश तथा विदेशमा च्यारेटी पनि गरिनेछ । यो फिल्ममा गौरव पहारि, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, श्रृजना अधिकारी लगायतका कलाकारलाई दर्शकले हेर्न पाउनेछन् । ननस्टप क्रियशनको ब्यानरमा तयार भएको फिल्ममा शान्ता ढकाल र संजय महत्तोको लगानी छ ।

For More videos Log on to Mazzako TV