पूजा र सुदर्शनको फिल्मको नाम ‘रामकहानी’
निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘रामकहानी’ राखिएको छ । फिल्मका कलाकार एकपछि अर्को सार्वजनिक गरेपनि नाम भने फाइनल गरिएको थिएन । तर, फिल्मको नाम ‘रामकहानी’ राखेर विकास बोर्डमा दर्ता गरिएको छ । फिल्मको नाम रामकहानी राखिएको निर्देशक सुदर्शन थापाले पनि पुष्टी गरेका छन् ।

यो फिल्मको छायांकन माघको अन्तिमबाट सुरु हुँदैछ । फिल्ममा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा फाइनल भैसकेका छन् । अभिनेताको नाम भने अझै सार्वजनिक गरिएको छैन । अभिनेत्री पूजा शर्माले फिल्ममा मुख्य भूमिका निर्वाहा गर्नेछिन् । यो फिल्मको अहिले धमाधम स्क्रिप्टमा काम भैरहेको छ । कमेडी र लभ स्टोरी कथामा फिल्म बन्दैछ । केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक लिएपछि फिल्म चर्चामा छ ।
For More videos Log on to Mazzako TV








