लण्डनमा साम्राज्ञी र धिरज
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगरको मुख्य भूमिका रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को छायांकन ७५ प्रतिशत सकिएको छ । साम्राज्ञीको भिसा समस्याका कारण केहि समय यो फिल्मको छायांकन बेलायतमा हुन सकेको थिएन । 
तर, दोश्रो पटक साम्राज्ञीले भिसा पाएपछि फिल्मको छायांकन केहि दिन बेलायतमा गरिएको छ । बेलायतको फेस्टिभ दृश्यलाई निर्देशक रेनशा वान्तवा राइले क्यामेरामा कैद गरेकी छिन् । प्रभु शमशेर राणाको निर्माणमा तयार हुन लागेको फिल्मले प्रेमको कथालाई उठान गरेको छ । फिल्मको बाँकी २५ प्रतिशत छायांकन वैशाखमा बेलायतमा नै गरिनेछ ।
For More videos Log on to Mazzako TV







