‘रोमियो एण्ड मुना’ को रिलिज मिति परिर्वतन किन ?
अभिनेता बिनय श्रेष्ठ अनिनित फिल्म ‘रोमियो एण्ड मुना’ को प्रदर्शन मिति परिर्वतन भएको छ । अब फिल्म ‘रोमियो एण्ड मुना’ चैत २ गते देखि प्रदर्शनमा आउने निर्माता प्रशन्न गोपालीले जानकारी दिए । विनयसंगै सृष्टि श्रेष्ठको शिर्ष भूमिका रहेको ‘रोमियो एण्ड मुना’ को प्रदर्शन मिति यसअघि फागुन ११ गतेलाई तोकिएको थियो ।

हामीले सोचेको समयमा फिल्मको काम सकिएन, त्यसकारण प्रदर्शन मिति सार्न बाध्य भएको निर्माता गोपालीले बताए । कस्तो काम ? उनी थप्छन्, भि एफ एक्स र एनिमेशन सोचे जस्तो भएन । त्यसैले समय लिएर नै राम्रो काम निकाल्न फिल्मको प्रदर्शन मिति सार्नु परेको उनले बताए । चैत २ गते भने फिल्म शतप्रतिशत रिलिज हुने निर्माता गोपालीले जानकारी दिए ।
नरेश कुमार केसीको लेखन तथा निर्देशन रहेको फिल्म ‘रोमियो एण्ड मुना’ को टिजर, पोस्टर र दुई वटा गीतहरु सार्वजनिक भैसकेका छन् । फिल्मलाई प्रशन्न गोपाली, रोजी श्रेष्ठ र कविन शाक्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, प्रज्वल सुजल गिरी, सुरक्षा पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV








