सलोन र साराको ‘सुश्री सम्पत्ती’
फिल्म ‘अधकट्टी’ निर्देशन गरेका निर्देशक सुव्रत आचार्यले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘सुश्री सम्पत्ती’ को छायांकन फागुणबाट सुरु हुने छ ।

यो फिल्ममा सलोन बस्नेत, सारा, विनोद न्यौपाने, प्रमोद अग्रहरि, विशारद बस्नेत, राजाराम पौडेल, प्रमेबर्षा खड्का र रोशनी कार्की रहने फाइनल भएको छ । रमेश त्वयनाको निर्माणमा बन्न लागेको फिल्ममा अर्जुन तिवारीको छायांकन, सुरेश अधिकारीको संगीत रहनेछ । सामाजिक कमेडी कथामा फिल्म बन्नेछ । फिल्मको छायांकन पोखरामा हुनेछ । कविराज गहतराज यसका कोरियोग्राफर हुन् ।








