‘मिस्टर झोले’ को छ दिनको कलेक्शन कति ?
शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘मिस्टर झोले’ छैटौं दिनसम्म पनि राम्रो व्यापार गर्न सफल भएको छ । पाँच दिनसम्म २ करोड २२ लाख ग्रस कलेक्शन गरेको फिल्मले छैटौं दिनमा देशभरबाट २६ लाख ग्रस कलेक्शन गरेको छ । राजधानीमा विहिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि निर्माता टेकेन खड्काले व्यापारको जानकारी को साथै पत्रकार लाई सहयोगको लागि धन्यबाद दिए ।

प्रोडक्सन र पब्लिसिटी खर्च गरेर ‘मिस्टर झोले’ १ करोड ५३ लाखको बजेटमा निर्माण गरिएको समेत निर्माताहरुले जानकारी दिएका छन् । ६ दिनमा २ करोड ४८ लाख ग्रस कमाउँदा फिल्मले लागानी सुरक्षित गरेको निर्माण युनिटको भनाई छ । विहिबारको सार्वजनिक विदा परेकाले पनि फिल्मले मज्जाको कलेक्शन गर्ने निर्माण टिमले अपेक्षा गरेको छ ।आउँदो हप्ताका लागि पनि राम्रो शोहरु पाएको बितरक गोबिन्द शाहीले बताए ।

रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’ मा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्धी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनक विक्रम कडेल छन् ।
For More videos Log on to Mazzako TV








