‘लिलिबिली’ को ‘इज इट लभ’ ट्रेण्डिङ नम्बर १ मा
नायक प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ को गीत युट्युब ट्रेण्डिङ नम्बर एकमा आएको छ । मिलन चाम्स निर्देशित ‘लिलिबिली’ फिल्मकोे ‘इज इट लभ’ गीत युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा आएको हो । गीतको भिडियोमा युवास्टार प्रदीप खड्का र नव–अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ । भिडियोले यो समाचार तयार पार्दा सम्ममा ६ लाख ३५ हजार बढी भ्युज बटुलीसकेको छ ।

भिडियोमा विशेषल लोकेशन र प्रदीप र जसिता जोडीको प्रशंसा भैरहेको छ । एलिस कार्कीको संगीतमा तयार भएको गीतमा नेपाल आइडल फाइनलिस्ट प्रताप दास र मेलिना राईको स्वर छ । राजेशकुमार श्रेष्ठको शब्द सिर्जना रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा प्रदीप र जसितासंगै प्रियंका कार्की, सविन श्रेष्ठ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ । काफिया फिल्मस् ,सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।
For More videos Log on to Mazzako TV








