मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’ माघ १२ गतेबाट सरेर चैत १६ गते प्रदर्शन हुने भएको छ । बलिउडका दुई ठूला फिल्म ‘पद्मावती’ र ‘प्याडम्यान’ एकै मितिमा प्रदर्शन हुने पक्का भएपछि ‘ह्याप्पी डेज’ चैत १६ मा पुगेको हो । चैत १६ गतेबाट फिल्मको रिलिज फेरबदल नहुने निर्देशक चाम्सले बताए ।
फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स, जेन बकल लगायतको अभिनय छ । ‘ह्याप्पी डेज’ लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।


पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षलाई फिल्ममा प्रस्तुत गरिएको छ । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मलाई बेलायतकासंगै नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्डमा रामकुमार केसीले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV