गीतका लागि अनमोलको चर्को मिहिनेत
अभिनेता अनमोल केसीले नृत्य गरेको फिल्म ‘कृ’को ‘यति यति पानी’ बोलको गीतले युटुबमा राम्रो भ्यूज कमायो । अनमोलकै स्टारडमका कारणले गर्दा एक साता भन्दा धेरै समय फिल्मको गीत नम्बर १ ट्रेन्डिङमा बस्यो । अभिनेता अनमोल केसीले नृत्यमा निकै आलोचना भोगिरहेका थिए । तर, उनले अहिले आलोचकहरुको मुख बन्द गरिदिने काम गरे । अनमोलले यसका लागि कडा मिहिनेत गरेका छन् ।

करिब ६ महिन त उनले डान्सका लागि तालिम नै लिएका छन् । यहि गीतका लागि स्पेशल उनले २ महिना डान्स सिकेका थिए । अनमोल यसलाई आफूमा आएको फेरबदल भन्ने कुरा मान्दैनन् । बरु, आफूलाई यस अगाडिका फिल्ममा यसरि नृत्य नगराइएको बताउँछन् । माघ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कृ’को ‘यति यति पानी’ बोलको गीतले चर्चा मात्र पाएको छैन, अनमोलको डान्सको पनि तारिफ भएको छ ।
For More videos Log on to Mazzako TV








