पृथ्वीराजको शिल्पालाई यस्तो ‘बम्पर उपहार’ (भिडियो)
नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ नयाँ गीत रिलिज भएको छ । फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ‘बम्पर उपहार’ बोलको गीत युटुबमा सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द, प्रमोद खरेलको स्वर रहेको गीतमा दीपक शर्माले संगीत संगीत भरेका छन् । कविराज गहतराजको नृत्य निर्देशन रहेको उक्त गीतमा नायक पृथ्वीराज प्रसाइँ र नायिका शिल्पा पोखरेल फिचरिङ भएका छन् ।

यसअघि फिल्मको लोकलयमा आधारित ‘पर्ख पर्ख मायालु’ बोलको गीत रिलिज भैसकेको छ । जुन गीतले मज्जाले चर्चा बटुलिसकेको छ । नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् ।
फिल्ममा शिल्पा र पृथ्वीकासंगै मिथिला शर्मा, नीर शाह, पुष्प खड्का लगायतको अभिनय छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘मंगलम’ मा केमियो भूमिकामा छिन् । फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ ।
For More videos Log on to Mazzako TV








