प्रदिपले किन भने–‘म हिरोइन छान्दिनँ’

अभिनेता प्रदिप खड्का अभिनित फिल्म ‘लिलिबिली’को गीत रिलिज भएको छ । फिल्मको गीत रिलिज कार्यक्रममा उपस्थित भएका अभिनेता खड्काले पत्रकारका केहि प्रश्नको जवाफ दिने कोशिश गरे । के तपाइले फिल्मका लागि अभिनेत्री सिफारिश गर्नुहुन्छ भन्ने प्रश्नमा प्रदिप निकै हाँसे ।

उनले यस अगाडिका अभिनेत्रीहरु माथि ब्यङ्ग्य कस्दै भने–‘म कहिल्यै हिरोइन छान्दिनँ । त्यो त यस अगाडि मैले काम गरेका हिरोइन हेरेर पनि तपाइहरुले थाहा पाइहाल्नुहुन्छ नी ।’ यति भनेपछि प्रदिप आफै हाँसेका थिए । उनले, के र कोप्रति यो कुरा भनेका थिए वुझ्न धेरै समय लाग्दैन । अभिनेताले फेसबुक एकाउन्ट डी एक्टिभ गर्नुको बिषयमा पनि भने । धेरै फेक आइडी बनेकाले आफूले फेसबुक डी एक्टिभ गरेको भनाई छ ।









