अभिनेता प्रदीप खड्का अनिनित फिल्म ‘लिलिबिलि’ को रोमान्टिक गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘इज इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो ।स्कटल्यान्डमा छायाँकन गरिएको भिडियोमा नायक प्रदीप र नव नायिका जसिता गुरुङ फिचरिङ भएका छन् । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।


एलिश कार्कीको संगीत रहेको उक्त गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । शब्द राजेश श्रेष्ठको हो । मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप, जसितासँगै र नायिका प्रियंका कार्की, अनुप विक्रम शाही र सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त र रितेश चाम्सको अभिनय रहेको छ । काफिया फिल्मस, सुदिप प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्टको संयुक्त प्रस्तुती रहेको फिल्ममा गोविन्द शाही र सुदिप खड्का निर्माताको रुपमा रहेका छन् । सुदिप बराल सिनेम्याटोग्राफर हुन् ।

For More videos Log on to Mazzako TV