युरोपका विभिन्न रमणिय शहरमा छायाँकन गरिएको फिल्म ‘होलिडे’ का केही मज्जाका फाटोहरु बाहिरिएका छन् । फिल्मको प्रदर्शन मिति समेत फाइनल भैनसकेको अबस्थामा फिल्मको प्रचार प्रसार होस् भन्ने उद्धेश्यले सुटिङ फोटोहरु बाहिर ल्याइएको हो । नायक गौरब पाहाडी, बुद्धी तामाङ र पबित्रम अचार्य ले खुब रमाइलो गरेको र रोमान्टिक लाग्ने दृष्य फोटाहरुले आफै बोल्छ ।

बसन्त निरौला निर्देशित कमेडी फिल्म ‘होलिडे’ मा गौरव पहारी, वुद्धि तामाङ, पवित्रा आचार्य, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका कलाकारको अभिनय छ । बी.एन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मन्दिरा श्रेष्ठ, तेजेन्द्र कंडेल, हरि कार्कीको लगानी छ भने दिनेश कालिराज कार्यकारी निर्माताको रुपमा छन् । युवराज चौलागाईं र अमित श्रेष्ठको संगीत छ ।


अभिमन्यू निरवीको लेखन रहेको फिल्म फ्रान्स, बेल्जियम लगायतका देशमा छायाँकन गरिएको छ । युरोप छायांकनको व्यवस्थापनको जिम्मा श्याम श्रेष्ठले गरेका थिए ।

 

For More videos Log on to Mazzako TV