‘मिस्टर झोले’ लाई सुखद ओपनिङ
शुक्रवारबाट प्रदर्शन भएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’ ले सुखद ओपनिङ गरेको छ । शुक्रवार बढ्दो चिसोको कारण विहानीको शोमा ६० प्रतिशत अकुपेन्सी हुदा दिउँसो र साँझको शोमा फिल्मलाई ८० प्रतिशत अकुपेन्सी प्राप्त भएको फिल्मका वितरक गोविन्द शाहीले बताए ।
शनिवार विहान ७० प्रतिशत अकुपेन्सी प्राप्त गरेको फिल्मको दिउँसो र साँझ भने करिब करिब शतप्रतिशत अकुपेन्सी छ । सबैतिर हाउसफूल भएको जानकारी मलाई प्राप्त भएको बितरक शाहीले बताए । राजधानी बाहिर पनि फिल्मको ओपनिङ मज्जाको रहेको बताइएको छ । नायक दयाहाङ राई र निर्देशक गुरुङको क्रेजका कारण पनि ‘मिस्टर झोले’ हेर्न हलमा दर्शकको भीड लागेको वितरक शाही बताउँछन् ।

‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुङगा’ जस्ता सफल फिल्म निर्देशन गरेका गुरुङका कारण पनि फिल्म हलसम्म आएको अनमान गरिएको छ । फिल्मको दुईदिने कलेक्सन आइतवार दिउँसोसम्ममा मात्र आउँने शाही बताउँछन् । फिल्म हेरेका अधिकांश दर्शकहरुले कथावस्तु र कलाकारहरुको अभिनय रुचाएको निर्देशक गुरुङले बताए ।
फिल्ममा दयाहाङसंगै वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतकाको अभिनय रहेको छ । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो ।
राजधानीमा गरिएको एक बिशेष शोमा ‘मिस्टर झोले’ पाएको मज्जाको प्रतिक्रियाको हेर्नुस् मज्जाको भिडियो :
For More videos Log on to Mazzako TV








