नेपाली फिल्ममा अहिले केहि चरित्र अभिनेताहरु छन्, जो प्राय हरेक फिल्ममा देखिन थालेका छन् । फिल्म ‘जात्रा’ मा काम गरेपछि एकाएक उदाएका कलाकार रविन्द्र झा अहिले हरेक फिल्ममा हुन्छन् । चाहे फरक धारका भनिएका फिल्म हुन् या मुलधारका फिल्म, उनलाई नलिई फिल्मीकर्मी फिल्म नै बनाउदैनन् । उनको अभिनयले दर्शकमा जादु नै छरेको छ ।

अर्का कलाकार वुद्दि तामाङ विना पनि फिल्म नै आउन छाडेका छन् । वुद्दिको डिमाण्ड पनि फिल्म क्षेत्रमा चर्कीएको छ । अभिनेताको रुपमा उदाएका वुद्दिलाई दर्शकले प्राय फिल्ममा देख्छन् । उनी पनि अहिले फिल्ममा अचार विनाको भतेर जस्तै भएकाछन् ।

अभिनेता कामेश्वर चौरासियाको हकमा पनि यो कुरा लागू हुन्छ । कामेश्वरलाई पनि अधिकांश भूमिकामा दर्शकले हेर्न पाउँछन् । बर्षमा रिलिज भएका फिल्मको सूची हेर्ने हो भने कामेश्वर, वुद्दि र रविन्द्र धेरैमा देखिएका छन् । नेपाली फिल्ममा चरित्र अभिनेताको रुपमा उदाएका कारण पनि यी तिनको विकल्प देखिन छाडेको छ ।

 

 

For More videos Log on to Mazzako TV