के भएको हो दया र प्रियंकाको सम्बन्धमा ?
अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको तस्बिर एकसाथ मिडियामा कैद नभएको त धेरै भैसक्यो । फिल्म ‘मिस्टर झोले’मा एकैसाथ नदेखिएपछि धेरैले प्रियंका र दयाको सम्बन्धमा खटपट भएको वुझेका थिए । एकसाथ फिल्म नखेल्नुले पनि यी दुइविच सम्बन्ध चिसिएको वुझ्न समय लाग्दैन । अभिनेत्री प्रियंका कार्की आफ्नै काममा व्यस्त छिन् भने दया पनि फिल्ममै व्यस्त छन् । दया र प्रियंकाको सम्बन्धमा खटपट प्रियंकाको जीवनमा आयुष्मान देशराजको इन्ट्री भएपछि भएको हो ।

यी दुइले एकैसाथ फिल्म निर्माण कम्पनी खोल्ने समेत तयारी थालेका थिए । जुन अहिले पुरा नहुने देखिएको छ । तर, अभिनेत्री प्रियंका कार्की भने दयासँग सम्बन्ध विग्रिएको कुरालाई स्विकार गर्ने पक्षमा छैनन् । बजारमा आउने अनेक हल्लाका कारण यस्तो खबर फैलिएको उनले बताएकी छिन् । उनले, दुबै जना आ आफ्नो काममा व्यस्त भएको समेत बताएकी छिन् । तर, प्रियंकाले जे भनेपछि दयासँग उनको पहिलेको जस्तो सम्बन्ध भने छैन ।
For More videos Log on to Mazzako TV







