अभिनेता नाजिर हुसेन अभिनित फिल्म ‘राज्जा रानी’ बक्स अफिसमा खासै चलेन । फिल्मको कथावस्तुलाई समिक्षकले मन पराएपनि बक्स अफिसमा भने फिल्म कमाल गर्न सकेन । यस अगाडि नाजिरले अभिनय गरेको फिल्म ‘गाँठो’ पनि हलमा चलेको थिएन । नाजिर ‘राज्जा रानी’बाट निकै नै आशावादी थिए । तर, बक्स अफिसमा फिल्मले गतिलो कमाई नगरेपछि नाजिर सोलो रुपमा चल्दैनन् भन्ने पुष्टी भएको छ ।

फिल्म ‘होस्टेल रिटन्र्सदेखि विर विक्रम’ सम्म आइपुग्दा नाजिरको अभिनयको तारिफ भयो । फिल्म ‘राज्जा रानी’मा पनि दर्शकले नाजिरको कामको तारिफ त गरे । तर, निर्मातालाई सुरक्षित बनाउन एउटा मुख्य हिरोको काम पनि हुन्छ । जुन कुरामा नाजिर असफल देखिएका छन् । नाजिरलाई पनि अभिनेता सलोन बस्नेत जस्तै फिल्ममा चल्नका लागि अर्का स्टार कलाकार नै चाहिने हो त ?

राज्जा रानी को जनकपुरमा भएको प्रिमियरमा नाजिर र केकीलाई डोली र रथमा यसरी परिक्रमा गराईयो हेर्नुस् मज्जाको भिडियो :

 

For More videos Log on to Mazzako TV