यहि माघ ४ गतेबाट सार्वजनिक हुने एक्सन अभिनता निखिल उप्रेतीको को अभिनय रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’ को बिशेष शो जापानमा हुने भएको छ । नेपाल रिलिज संगै फिल्मको बिशेष शो अब जापानमा हुने भएको हो । नेपाल रिलिजको १० दिनपछि अर्थात् जनवरी २८ मा जापानमा फिल्मको स्पेशल स्कृनिङ हुने बताइएको छ । जनवरी २८ मा टोकियोमा हुने प्रदर्शनीपछि अन्य शहरमा पनि भिन्न भिन्न मितिमा फिल्मको स्कृनिङ हुने निर्देशक केसीले बताए । फेमिली ड्रामा बोल्ने एक्सन प्याक फिल्मको जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको हो ।


फिल्म ‘पिंजडा ब्याक अगेन’ का निर्देशक हिमाल केसी, अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुईटेल जापानमा सहभागी हुनेछन् ।
श्रीराम बरालको प्रस्तुती र रोहित पुरी तथा गोविन्द गैरेको निर्माणमा तयार भएको फिल्ममा निखिलसंगै, शारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुष्मिता केसी लगायतका कलाकारको अभिनय रहेको छ ।निखिल र सारासँग गरिएको मज्जाको कुराकानी हेर्नुस् :

For More videos Log on to Mazzako TV