दर्जन भन्दा बढी कलाकारको साथमा कतारका २ शहरमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’को आयोजना गरिने भएको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मार्च महिनाको ८ र ९ तारिखमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइएको हो । कुमारी बैंक र बुम रेमिटको प्रस्तुतीमा आयोजना हुन लागेको कार्यक्रममा देशका चर्चित कलाकारको प्रस्तुती रहनेछ ।

यो कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवरको प्रस्तुती रहनेछ । यस्तै, नायिकाहरु निरुता सिंह र अनु शाह, नृत्य निर्देशक शंकर वीसी पनि कार्यक्रमका लागि कतार पुग्नेछन् । ५ लाख भन्दा बढी नेपालीको बसोबास हुने कतारमा नेपाली कला, संकृतीको विकास र प्रवद्र्धनका लागि यो कार्यक्रम फलदायी हुने आयोजकको विश्वास छ ।

मार्च ८ मा कतारको अल्खोर स्टेडियममा करिब ७ हजार दर्शकले कार्यक्रम अवलोकन गर्ने आयोजकको दाबी छ । मार्च ९ मा ग्रान्ड मलमा हुने कार्यक्रममा १० हजार दर्शकले कार्यक्रम अवलोकन गर्ने विश्वास लिइएको छ । संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

 

For More videos Log on to Mazzako TV