रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’ आउँदो आईतबार जनवरी १४ मा हङकङमा प्रिमियर हुने भएको छ । मृगौला पिडित दिलुमाया गुरुङको सहयोगार्थ हुने शोमा नेपालबाट कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबु गुरुङ उपस्थित हुनेछन् । ‘गुर्खा सेमेटेरिज ट्रस्ट’ को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन् । ‘अडीटोरियम युएन लंग’ थियटरमा बेलुका ८ बजे हुने शोको लागी पुरानो नाँचघर अगाडीबाट स–शुल्क बसको पनि व्यवस्था गरिएको छ ।

फिल्ममा दया र दीयाका अलावा बुद्धि तामाङ, बर्षा राउत, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । रामबाबुकै कथा लेखन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।
‘मिस्टर झोले’ का बुद्धी तामाङ र बर्षा राउतसंग गरिएको मज्जाको कुराकानी हेनुहोस् :

 

For More videos Log on to Mazzako TV