फागुन ४ मा छविराज ओझाको ‘मंगलम’ नआउँने भएपछि श्वेता खड्को ‘कान्छी’ ले सोलो रिलिज पाएको छ । आकाश अधिकारी निर्देशित फिल्ममा श्वेता र अभिनेता दायहाङ राई मुख्य भूमिकामा छन् ।
आफ्नो फिल्म सोलो रिलिज भएसँगै श्वेता दंग भएकी छन् । कान्छीलाई सोलो रिलिज गराउँन लागि पर्ने सबैलाई धन्यवाद, श्वेता भन्छिन्, अब झनै धेरै दर्शकले हेर्न पाउँनु हुनेछ ।

माघको पहिलो साता टे«लर रिलिज गर्ने तयारीमा रहेकी श्वेता फिल्म राम्रो बनेको दाबी गर्छिन् । फिल्मले दर्शकलाई निराश नपार्ने बताउँछिन् । कान्छीमा समावेश चरी चट्ट बोलको गीतले युट्युवमा ८० लाख माथि भ्युज पाइसक्दा ‘कान्छी’ प्रति दर्शकको चासो बढेको छ ।
याम थापाको लेखन रहेको कान्छीमा श्वेता र दयासँगै निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ, कामेश्वर चौरसिया, आशान्त शर्मा लगायतको अभिनय रहेको छ । संगीत राजनराज सिवाकोटी र अर्जुन पोखरेलले दिएका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

‘कान्छी श्वेतासंग गरिएको मज्जाको कुराकनी हेर्नुस् :

For More videos Log on to Mazzako TV