गत शुक्रवारबाट अलनेपाल सार्वजसिनक प्रदर्शनमा आएको फिल्म ‘फिर्के’ ले यतिबेला दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । दर्शकको घुइचो नलागे पनि फिल्म हेर्ने जतिले राम्रो प्रतिक्रिया दिएका छन् । यसै बिच, सोमवार सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ‘फिर्के’ हेरेका छन् ।

मन्त्री बस्नेतले भने, ‘फिर्के’ ले वास्तविक घट्नालाई उतारेकोछ । सामाजिक विकृति हटाउने क्रममा फिल्मले महत्वपुर्ण भूमिका खल्ने बताए । उनले थपे, म खासै फिल्म त हेर्दिनँ तर ‘फिर्के’ हेरुन्जेल मज्जा लाग्यो । मैले सुलेमान शंकर अभिनीत फिल्म ‘ईकु’ पनि हेरेको थिएँ । उहाँको काम मलाई ‘फिर्के’ मा पनि राम्रो लाग्यो ।’ यस्तै, मन्त्री मोहन बस्नेतले सुलेमानलाई आगामी भविष्यका लागि शुभकामना पनि दिए ।

For More videos Log on to Mazzako TV