अभिनेता आर्यन अधिकारीले ५ वटा फिल्ममा काम गरे । डेब्यू फिल्म ‘के म तिम्रो होइन र’देखि ‘बाँध मायाले’सम्म आइपुग्दा उनी व्यस्त देखिए । तर, उनको हरेक फिल्ममा हिरोइन भने परिवर्तित छन् । उनी के अभिनेत्रीहरुसँग एक पटक काम गरेपछि फेरि गर्न चाहदैनन् र ? मरिष्का पोख्रेल, प्रियंका कार्की, निता ढुंगाना, अशिष्मा नकर्मी र श्रृष्टी श्रेष्ठले उनको जोडीको रुपमा काम गरिसकेका छन् ।

अभिनेता आर्यन अधिकारी आफूले कहिल्यै पनि अभिनेत्री डिमाण्ड गर्ने नगरेको बताउँछन् । हरेक फिल्ममा आफू भन्दा पहिले नै हिरोइन अनुवन्धित भैसकेको उनको भनाई थियो । आर्यनका अनुसार, हिरोइन नदोहोरिनु एउटा संयोग मात्र हो । नेपाली फिल्ममा छोटो समयमा नै चर्चित बनेका आर्यन करिअरको विच भागमा छन् । उनको करिअर कता जाने भन्ने उनी अभिनित केहि फिल्म रिलिजपछि मात्र थाहा हुनेछ ।

For More videos Log on to Mazzako TV