प्रदीपको ‘लिलिबिली’ सर्यो
मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’ बैशाख १४ गतेलाई प्रदर्शनको तयारी गरिएको छ । फिल्म पूर्व निर्धाति मिति चैत ३० गते प्रदर्शन नहुने कन्फर्म भएको निर्माता गोविन्द शाही बताए । हालसालै फिल्मको छायांकन सकिएका कारण पोस्ट प्रोडक्शनको कार्य लम्बिने भएपछि ‘लिलिबिली’ चैत ३० गते प्रदर्शनमा नआउने भएको हो ।

निर्माता शाहीले भने, अब हाम्रो तयारी भने बैशाख १४ गते फिल्मलाई प्रदर्शनमा ल्याउने छ ।’ फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही लगायतको अभिनय छ । काफिया फिल्म, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।
For More videos Log on to Mazzako TV







