अनमोललाई लिएर भारत किन पुगिन् सुस्मिता ?
अभिनेता अनमोल केसी पिता भूवन केसीसँग बस्छन् । भूवन र अनमोल सार्वजनिक कार्यक्रममा पनि सँगसँगै पुग्छन् । तर, अनमोलको आमा सुस्मिता बम्जनसँग पनि सम्बन्ध सुमधुर छ ।

अनमोलले कहिलेकाही खाना मन लाग्यो भने फोन गरेर आउँछु भन्ने गरेको सुस्मिताले बताउँदै पनि आएकी छिन् । सुस्मिता छोराको करिअरलाई लिएर गम्भिर पनि छिन् । सुस्मिताले छोरा अनमोलसँग भारतको गंगा नदिमा पुगेको तस्बिर पोष्ट गरेकी छिन् ।
उनले आफ्नो ‘जान’सँग गंगा नदिमा आएको लेखेकी हुन् । अभिनेता केसीको करिब २ बर्षपछि नयाँ फिल्म ‘कृ’ रिलिज हुँदैछ । कतै, उनी आमाको साथमा फिल्म ‘कृ’को सफलताको भाँकल गर्न गंगा नदि पुगेका त होइनन् ? तस्बिरले यसै भन्छ । अनमोल अभिनित यो फिल्म माघ २६ गतेबाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV







