नायिका केकी अधिकारी तथा नायक नायक नाजिर हुसेन स्टारर फिल्म ‘राज्जा रानी’ लाई प्रिमियरमा तारिफ मिलेको छ । बुधबार साँझ राजधानीमा गरिएको प्रिमियर शोमा सहभागीले फिल्मको कथावस्तु तथा कलाकारको प्रस्तुती तारिफ योग्य भनेका हुन् । ‘राज्जा रानी’ मैथिली फिल्मको बिहिवार जनकपुरस्थित राम जानकी सिनेमा हल रामानन्द चौकमा मिथिला संस्कृतिमय भव्य प्रिमियर हुदैछ ।

 


फिल्म ‘राज्जा रानी’ ले तराईको व्यप्त दाइजो प्रथा, त्यहाँ ¬छोरी बुहारीले पाउने दण्ड र यसको सजाय बारे विषय उठान गरेको छ । याम थापाको लेखन तथा निर्देशन रहेको ‘राज्जा रानी’ प्रतिनिधि सभा सदस्य लाल बाबु पण्डितले मन बताए । यस्तै निर्देशक दिपाश्री निरौलाले केकीको अभिनय अब्बल रहेको बताइन् ।


फिल्मका मुख्य पात्र नायक नाजिर र केकीको अभिनयले दर्शकके मन छुन्छ । त्यस्तै दिपक क्षेत्री, कामेश्वर चौरसिया, संगीता नापितले पनि आफ्नो भूमिकालाई न्याय दिएका छन् । नायिका रेखा थापालाई विशेष भूमिकामा देख्न सकिन्छ ।
रमेश एमके पौडेल निर्मित फिल्म ‘राज्जा रानी’ यही शुक्रबारदेखि नेपाली र मैथिली भाषा गरी देशभरका हलहरुमा रिलिज हुँदैछ ।

 

For More videos Log on to Mazzako TV