राम नेपाल निर्देशित फिल्म ‘पटुकी’ को प्रदर्शन मिति केहि पर पुगेको छ । पुष २१ मा प्रदर्शन हुने भनिएको फिल्म आगामी माघ १९ लाई सारिएको हो । फिल्म निर्माण टिमले माघ १९ मिति समावेश पोस्टर हालै सार्वजनिक गरेको छ । फिल्मका प्रचार सामाग्री स्वरुप सार्वजनिक गरेका गीत र ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय छ ।

म्याक्टेन कालुको निर्माणमा बनेको यस फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । फिल्ममा राजन राज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.के को करियोग्राफि र लक्ष्मण घिमिरेको छायांकन छ ।

For More videos Log on to Mazzako TV