पूजा र प्रदीपको ‘प्रेमगीत’ युट्युबमा करोड क्लबमा
सुदर्शन थापा निर्देशित तथा पूजा शर्मा र प्रदीप खड्का स्टारर् फिल्म ‘प्रेमगीत’ लाई युट्युबमा १ करोड भन्दा बढि पटक हेरिएको छ । करोड भ्युज पुगेसंगै युट्युबमा सबैभन्दा बढि हेरिएको नेपाली फिल्मको सुचिमा तेस्रो नेपाली फिल्म बनेको हो । यसअघि राजेश हमालको ‘रक्षा’ र दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा’ ले करोड भ्युज पार गरिसकेका छन् ।

म्युजिकल लभस्टोरी फिल्म ‘प्रेमगीत’ लाई दर्शकले अत्याधिक रुचाएका थिए । अर्जुन पोखरेलद्वारा संगीतवद्ध गीतहरुले मज्जाको चर्चा पाए । यहि फिल्म बाट अर्जुन पोखरेलल वर्षभरिका अवार्ड आफ्नो पाल्टनमा पारे । फिल्मबाट नायक नायिका पूजा र प्रदीप, निर्देशक सुदर्शन तथा निर्माता सन्तोस शेनको अत्याधिक चर्चा भयो ।
सन्तोषले यहिँ वर्ष प्रदर्शनमा भएको ‘प्रेमगीत २’ मा रामशरण पाठक निर्देशक र प्रदीप खड्कालाई नायकर लिएर निर्माण गरे । फिल्म बक्सअफिसमा हिट भयो ।

यता सुदर्शन र पूजा मिलेर फिल्म ‘म यस्तो गीत गाउँछु’ ल्याए । अर्जुन पोखरेलद्वारा संगीतवद्ध फिल्म वर्षकै पहिलो सुपरहिट फिल्म मात्र बनेन, गीत संगीतले अत्याधिक सलता पाए । ‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज’ बोलको गीतले छोटो समयमा युटुबमा करोड भ्युजको आँकडा पार समेत गर्याे ।
For More videos Log on to Mazzako TV








