मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’ ले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचारलाई अघि बढाउन थालेको छ । निर्माण युनिटले फिल्मका ८ पोस्टर रिलिज गरेको छ । जहाँ ५ पोस्टरमा कलाकारको क्यारेक्टर झल्कान्छ । क्यारेक्टर पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता र विक्की जोशीले स्थान पाएका छन् ।


फिल्मको नोभेम्बरमा बेलायत प्रिमियर समेत भैसकेको छ । साढे २ करोडको लगानीमा निर्माण भएको फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।


चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्म ‘ह्याप्पी डेज’ मा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकललगायतको अभिनय छ ।

 

 

For More videos Log on to Mazzako TV