अभिनेत्री ऋचा शर्माले फिल्म ‘फिक्रे’मा खासै धेरै दृश्य नहुँदा पनि काम गरेको बताएकी छिन् । ऋचाका अनुसार उनलाई फिल्ममा कति लामो भूमिका छ भन्दा पनि भूमिका कस्तो छ भन्ने कुराले मत्तलव राख्छ । ऋचाले यो फिल्ममा आफ्नो ३ वटा मात्र दृश्य रहेको मिडियालाई बताइन् । तर, पनि आफूले निर्देशक रवि डंगोल र कलाकार सुलेमान शंकरसँगको सम्बन्धका कारण पनि फिल्म गरेको उनको भनाई थियो । ऋचाका अनुसार यो फिल्म इकुको करिअरकै उत्कृष्ट फिल्म हो ।

फिल्ममा छोटो भूमिका भएपनि आफू विशेष भूमिकामा रहेको ऋचाले पत्रकारहरुसँग बताइन् । अभिनेता तथा प्रस्तुतकर्ता सुलेमान शंकरले आफूसँग काम गर्न धेरै अभिनेत्रीले नमानेको बताए । फिल्म निर्माणदेखि प्रचारमा एक्लै दौडिएका इकुले दर्शकले फिल्ममा पूर्ण मनोरञ्जन पाउने बताएका छन् । रवि डंगोलको निर्देशनमा तयारभएको फिल्म पौष २१ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV