नाजिर किन भावूक भए ? (हेर्नुस् भिडियो)
अभिनेता नाजिर हुसेन फिल्म ‘राज्जा रानी’ को पत्रकार सम्मेलनमा भावूक भए । उनी आफ्नी आमा संझिएर भावूक भएका हुन् । परिवारले फिल्म क्षेत्रमा काम गर्न स्विकृत नदिएपनि आफू अहिले यसमै रमाएको नाजिरको भनाई थियो । पौष २१ गतेबाट रिलिज हुन लागेको फिल्मका अभिनेताले अभिनेत्री केकी अधिकारीसँग काम गरेका छन् । नाजिरको वुझाइमा केकी अधिकारी रियल लाइफमा श्रीमति हुन योग्य छैनन् । फिल्म ‘गाँठो’ को असफलताले नाजिरलाई फिल्म क्षेत्रमा टिक्नै गाह्रो परेको छ । यसकारण पनि ‘राज्जा रानी’ चल्नै पर्ने नाजिरको भनाई छ ।

उनले यो फिल्ममा आफू निकै रिसाहा राजाको भूमिकामा देखिएको बताए । फिल्मको सेटमा पनि राज्जाको पहिरन लगाएपछि नाजिरलाई रिस उठिहाल्थ्यो । यो फिल्मले आफ्नो ट्रायक परिवर्तन गर्ने उनले बताएका छन् । यम थापाले निर्देशन गरेको फिल्ममा केकी र नाजिरसँगै अभिनेता कामेश्वर चौरासियाको मुख्य भूमिका छ । रमेश एम के पौडेलले यो फिल्ममा लगानी गरेका छन् ।
For More videos Log on to Mazzako TV








