नीशा अधिकारी आमा बन्दै
नीशा गर्भवती नायिका नीशा अधिकारीले आफू गर्भवती भएको जानकारी दिएकी छिन् । फेसबुकमा स्टाटस कोर्दै उनले आफ्नो पेटमा ५ महिनाको बच्चा हुर्किरहेको बताएकी हुन् । क्रिकेटर शरद भेष्वाकरसँग नीशाले ७ महिना अगाडि भव्य बिहे गरेकी थिइन् । असार १६ गते नीशा र शरदको बिहे भएको थियो । उनीहरु लामो समयदेखि प्रेममा रहेपछि बिबाह बन्धनमा बाधिएका थिए ।

सधै नै विवादमा आउने अभिनेत्री फिल्म झ्यानाकुटी रिलिजपछि भने मौन थिइन् । नीशाले आफू आमा भैसकेको फेसबुकमा लेखेकी छिन् । उनले आफ्नो पेटमा बच्चा रहेदेखि नै आफूमा आमा भएको महशुश हुन थालेको लेखेकी हुन् । नीशाले फेसबुकमा आफ्नो तस्बिर पनि शेयर गरेकी छिन् । साथमा, गर्भवती हुँदा आफूले यो सम्बन्धी पुस्तक पढिरहेको समेत उनले लेखेकी छिन् ।

For More videos Log on to Mazzako TV








