हात्ती महोत्सवमा इकु र रवि
फिल्म प्रचारमा कलाकारको साथ नपाएका निर्देशक रवि डंगोल र कलाकार तथा प्रस्तुतकर्ता सुलेमान शंकर अहिले आफै दौडिएका छन् । उनीहरु, चितवनमा सुरु भएको ‘१४ औ चितवन हात्ती महोत्सव’मा सहभागी भएका छन् । उद्घाटन सत्रमा पुगेर उनीहरुले फिल्मको प्रचार मात्र गरेनन्, दर्शकलाई पनि हसाँए ।

निर्देशक डंगोलले पर्दा पछाडि बसेर आफूले एउटा उत्कृष्ट फिल्म बनाएको प्रतिक्रिया दिए । कलाकार इकुले गाउँबाट शहर पसेपछि एक यूवाको संघर्षलाई फिल्ममा उतारेको बताए ।
फिल्ममा अभिमन्यू निरबीको लेखन, अष्ट महर्जनको एक्सन, मीत्र डी गुरुङको सम्पादन तथा रामकुमार केसीको छायांकन छ । पौष २१ गतेबाट रिलिज हुने फिल्ममा अर्पण थापा, ऋचा शर्मा जस्ता कलाकार भएपनि उनीहरुले प्रचारमा केहि पनि बोलेका छैनन् ।
For More videos Log on to Mazzako TV







