माया के हो ? हेर्नुस् ‘बटरफ्लाइ’ को गीत (भिडियो)
नायिका प्रियंका कार्की तथा नायक आर्यन अधिकारी स्टारर् फिल्म ‘बटरफ्लाइ’ को शिर्ष गीत रिलिज भएको छ । यहि पौष २८ बाट अल नोपल प्रदर्शनमा आउँने फिल्म ‘बटरफ्लाइ’ को ’टाइटल गीत’ रिलिज भएको हो । युवराज चौलागाईंको स्वर रहेको गीतमा विकास चौधरीले संगीत भरेका छन् । सुरज लामिछानेको शब्द रहेको गीतको भिडियोमा कविराज गहतराजको कारियोग्राफी छ । भिडियोमा फिल्मका मुख्य कलाकार आर्यन र प्रियंका फिचरिङमा छन् । यसअघि रिलिज फिल्मको ’म गाउँदिन अब गीत गजल’ बोलको गीत युट्युवमा हिट बनिसकेको छ । १० लाख बढिले युटुबमा हेरिसकेका छन् ।

फिल्ममा आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी र माधव पण्डितको अभिनय छ । ’बटरफ्लाइ’ लाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा विकाससँगै अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ ।
सुरेश बज्राचार्यले खिचेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेको फिल्ममा मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी ’सखा’, रामशरण राना र भुपेन्द्र सुवेदी छन् । अर्जुन जिसी र मन्दिल श्रेष्ठले फिल्म सम्पादनको काम गरेका छन् ।‘बटरफ्लाइ’ संग सम्बधित रहेर गरिएको आर्यन र प्रियंकासंगको मज्जाको गफ हेर्नुस् :
For More videos Log on to Mazzako TV








