अभिनेत्री प्रियंका कार्की भन्ने वित्तिकै दर्शकको दिमागमा के कुरा आउँछ होला ? सार्वजनिक कार्यक्रममा हट बनेर हिड्ने, धेरै फिल्ममा काम गर्ने, पहिरनमा निकै सजग अभिनेत्री ।

फिल्मका गीतमा पनि प्रियंकाको पहिरन विशेष नै हुन्छ ।प्रियंका फिल्म ‘लिलिबिली’को छायांकनका लागि अहिले टर्कीमा छिन् । टर्कीमा रहेकी कार्कीले फेसबुकमा एउटा रेड हट तस्बिर पोष्ट गरेकी छिन् ।

प्रियंकाले सार्वजनिक गरेको तस्बिर फिल्मको एक गीतको हो । यो तस्बिरमा प्रियंका हट देखिएकी छिन् । गीतमा सधै नै रोमान्टिक हुने गरेकी प्रियंका ‘लिलिबिली’मा पनि विशेष हुन चाहन्छिन् ।

मिलन चाम्सले निर्देशन गरिरहेको फिल्ममा प्रदिप खड्का र जसिता गुरुङ मुख्य भूमिकामा छन् । तर, अन्तिम समयमा फिल्ममा इन्ट्री गरेकी प्रियंकाले कतै अरु कलाकारलाई छायाँमा पारिदिने त होइनन् ? गसिप र समाचारमा रमाउन प्रियंकालाई जस्तो अरुलाई कहाँ आउँछ र ?

For More videos Log on to Mazzako TV