चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएसँगै निकिता पौडेलको आलोचना धेरै भैरहेको छ । अझ, नेपाली कांग्रेस निकट कलाकारहरुले त बोर्ड अध्यक्ष झनै विरोध गरे । तर, निकिताले भने काम गर्न सुरु गरेकी छिन् ।

चलचित्र विकास बोर्डमा निकिता आएसँगै कलाकारको अभिनय क्षमता बढाउनेतर्फ ध्यान दिएकी छिन् । निकिताले भारतमा २० दिने ‘स्क्रीन अभिनय सम्बन्धी फाउण्डेशन कोर्स’का लागि कलाकारलाई त्यता पठाउने तयारी थालेकी हुन् ।

विकास बोर्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ कि–‘भारतीय दुतावासको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा भारतको पुनेस्थित भारतीय फिल्म और टेलिभिजन संस्थानमा नेपाली अभिनेता तथा अभिनेत्रीहरुलाई २० दिने कोर्शको आयोजना गरिएको छ । सो तालिममा सहभागी हुन चाहने अभिनेता र अभिनेत्रीले भारतीय दुतावासबाट निर्धारित गरिएको दरखास्त फाराम साथ एकप्रति फोटो, शैक्षिय योग्यताको प्रमाणपत्रको प्रतिलिपी, अभिनय सम्बन्धी अनुभवका कागजहरु राखी जनवरी ३ सम्म विकास बोर्डमा नाम दर्ता गर्न सक्नेछन् ।’

पुनेमा हुने तालिम हिन्दी र अंग्रेजी भाषामा हुने बोर्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ । तालिमका लागि इच्छु कलाकार केहि फिल्म, विज्ञापन, म्यूजिक भिडियो आदिमा अभिनय गरेको हुनुपर्ने शर्त राखिएको छ ।

For More videos Log on to Mazzako TV