अभिनेता दयाहाङ राइले आफूले पैसाका लागि पनि काम गरेको स्विकार गरेका छन् । उनले, धेरै त होइन तर केहि फिल्म आफूले पैसाका लागि पनि काम गरेको स्पष्ट पारेका छन् ।

दयाहाङ अभिनित फिल्म हलमा हप्तैपिच्छे रिलिज हुन्छन् । जसलेगर्दा, दयाले कथा छनोट गर्न नजानेको आरोप उनलाई लागेको छ । दया यो कुरा स्विकार पनि गर्छन् । उनले, आफू मात्र नभई धेरै कलाकारलाई यो आरोप लाग्ने गरेको बताएका छन् ।

दयाका अनुसार, उनलाई फिल्मको बक्स अफिस सफलताले खासै ठूलो अर्थ भने राख्दैन । सधै आफूले दर्शकलाई एउटा उत्कृष्ट फिल्म दिन खोजेको दयाको भनाई छ ।

दयाले आफू सधै नै पाएको भूमिकामा न्याय गर्नका लागि दत्तचित्त भएर लागेको पनि बताएकी छिन् । दया अभिनित फिल्म ‘मिस्टर झोले’ पौष २८ गतेबाट रिलिज हुँदैछ । दया यो फिल्म हिट हुँदा पहिला निर्मातालाई अनी आफूलाई फाइदा हुने बताउँछन् ।

For More videos Log on to Mazzako TV