पौष २८ गतेबाट फिल्म ‘बटरफ्लाई’ रिलिज हुँदैछ । ओम प्रतिकको निर्देशनमा तयार भएको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । यो फिल्मको तयारीमा निर्देशक व्यस्त छन् । फिल्मका मुख्य कलाकार आर्यन अधिकारी र प्रियंका कार्की अहिले आ–आफ्नै काममा व्यस्त छन् ।

आर्यन फिल्म ‘बाँध मायाले’को छायांकनमा व्यस्त छन् भने प्रियंका कार्की फिल्म ‘लिलिबिली’को छायांकनका क्रममा टर्कीमा छिन् । फिल्म रिलिज हुन १५ दिन मात्र बाँकी छ । तर, फिल्मका कलाकार अन्य फिल्मको छायांकनमा व्यस्त हुँदा ‘बटरफ्लाई’ एक्लो जस्तै भएको छ ।

यो फिल्मसँगै अर्को फिल्म ‘मिस्टर झोले’ पनि रिलिज हुँदैछ । यसैले पनि यो प्रेमको फिल्मलाई यसका कलाकारको साथ आवश्यक छ । आर्यनका लागि यो फिल्म महत्वपूर्ण छ । किनकी, आधा दर्जन फिल्ममा काम गरिसकेका आर्यनको यो रिलिज हुन लागेको दोश्रो फिल्म हो ।

For More videos Log on to Mazzako TV